बाक्सिला बजारमा दर्ता विना सञ्चालित २ वटा मेडिकल पसल सिल

 पुष १५, २०८० आइतबार २०:१७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा दर्ता विना सञ्चालित दुई वटा मेडिकल पसल सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको अनुगमन टोलीले दर्ता विना सञ्चालन भइरहेको मेडिकल पसल सिल गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, केपिलासगढी गाउँपालिका, इलाका प्रहरी कार्यालय बाक्सिला, गाउँपालिकाको स्वास्थ्य शाखा र उद्योग वाणिज्य सङ्घ शाखा बाक्सिलाको प्रमुख तथा प्रतिनिधि सम्मिलित टोलीले पदम राजभण्डारी र विश्वविना राईले सञ्चालन गरिरहेका मेडिकल पसल सिल गरेको हो । यसअघि गरिएको अनुगमनका क्रममा दर्ता नगरेको पाइएपछि दर्ता गरेर मात्र मेडिकल सञ्चालन गर्न दिइएको निर्देश पालना नगरेको पाइएपछि दुई वटै मेडिकल पसल सिल गरिएकाे घरेलु तथा साना उद्योग कार्यालय खोटाङका उद्योग अधिकृत भेषराज खत्रीले बताउनुभयाे ।

अनुगमन टोलीले राजभण्डारीको मेडिकल आज आइतवार र राईको मेडिकल हिजाे शनिवार सिल गरेको हो । नेपाल सरकारले निर्धारण गरेको फार्मेसी सञ्चालनसम्बन्धी मापदण्ड पूरा नगरेसम्मका लागि मेडिकल पसल सिल गरिएको उद्योग अधिकृत खत्रीले बताउनुभयाे । आवश्यक प्रक्रिया पूरा गरेर कागजात देखाएपछि मात्र पसल सञ्चालन गर्न दिने अनुगमन टोलीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया