चीनमा कोइला खानीमा विस्फोट हुँदा १० जनाको ज्यान गयो, ६ जना बेपत्ता

 पुस २९, २०८० आइतबार ८:५९:९ | एजेन्सी
unn.prixa.net

चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फाेट हुँदा १० जनाकाे ज्यान गएकाे छ । ६ जना बेपत्ता भएका छन् ।

खानीमा काेइला र ग्यास विस्फाेट भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ । 

विस्फाेटकाे समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाकाे भने उद्धार गरिएकाे सिन्ह्यामा उल्लेख छ । उनीहरुकाे सबैकाे अवस्था समान्य रहेकाे छ । 

कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले पक्राउ गरेका छन् । हेनान प्रान्तको आपतकालीन व्यवस्थापन मन्त्रालयले बेपत्ताहरुकाे यथाशीघ्र खाेजी, उद्धार र मृतकहरुकाे पहिचानका लागि निर्देशन दिएकाे सिन्ह्वाले जनाएकाे छ ।  दुर्घटनाकाे कारण पत्ता लगाइ थप जाेखिम हुनबाट राेक्ने मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया