आज पनि बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षाकाे सम्भावना

 माघ २, २०८० मंगलबार ९:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । ती क्षेत्रमा मौसम आंशिक बदली छ । हिजो पूर्वका ताप्लेजुङ, दोलखालगायतका जिल्लाको पहाडी थोरै क्षेत्रमा हल्का वर्षा भएको थियो ।

आज पनि पूर्वी पहाडी क्षेत्रसहित बाग्मती, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, बाग्मती, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली र बाँकी ठाउँमा सफा छ । आज पनि तराई मधेसका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया