नेपाल एअरलाइन्सको जहाज बिग्रिएपछि दोहा जाने २ सय ७६ जना काठमाण्डौमै रोकिए

 माघ २, २०८० मंगलबार १५:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल एअरलाइन्सको वाइडबडी जहाज प्राविधिक समस्या आएका कारण 'ग्राउन्डेड' भएको छ ।

जहाज 'ग्राउन्डेड' भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका २ सय ७६ जना यात्रु अलपत्र परेका छन् । उनीहरूलाई हिजोदेखि निगमले होटलमा राखेको छ ।

वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको 'फ्लाइट कन्ट्रोल सेन्सर' मा समस्या आएपछि उडान रोक्नु परेको हो । रोकिएका यात्रुलाई आज बेलुका पौने ८ बजे वैकल्पिक उडानमार्फत दोहा पठाउने उहाँले जानकारी दिनुभयो ।

निगमले अन्तर्राष्ट्रिय उडानका ४ वटा जहाजमध्ये एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया