नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटल...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अब अनलाइनबाटै पाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
अनलाइन प्रणाली शुरु भएपछि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेस गर्न र शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।