काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा झन्डै ५ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।
अर्धवार्षिक अवधि अर्थात् ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल भएको हो । अघिल्लो आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व उठेको थियो । अघिल्लो आर्थिक वर्षको ६ महिनामा उठेको भन्दा यसपालि ३४ करोड रुपैयाँभन्दा धेरै राजस्व असुल भएको हो ।
महानगरको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार सबैभन्दा धेरै घर भाडा अर्थात् बहाल करका रूपमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । त्यस्तै सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार असुल भएकाे छ ।
विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गएको वर्षको तुलनामा राजस्व बढेको हो । महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको छ । विगतमा कोरोना महामारीका कारण लक्ष्यअनुसार कर सङ्कलन हुन नसके पनि यसपालि लक्ष्यमा पुग्न समस्या नहुने राजस्व प्रमुख काफ्लेले बताउनुभयो ।
महानगरले सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व उठाउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।