हरित हाइड्रोजन उत्पादन र प्रयोगको बाटो खुल्यो

 माघ ४, २०८० बिहीबार ९:१३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपालमा हरित अर्थात् ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने नीति पारित गरेको हो ।

विश्वमा आधुनिक हरित ऊर्जाको रुपमा विकास भइरहेको ‘ग्रीन हाइड्रोजन’ लाई नेपालमा पनि प्रयोगमा ल्याउने गरी २०७८ मंसिरदेखि नै यसको नीति बनाउने प्रक्रिया शुरु भएको थियो । भारतमा हाइड्रोजनबाट बस सञ्चालनका साथै खाना पकाउने इन्धनको रुपमा पनि हाइड्रोजन ऊर्जाको प्रयोग शुरु भइसकेको छ ।

नेपालमा पनि खाना पकाउन र गाडी चलाउनका लागि हाइड्रोजन ऊर्जा प्रयोगमा ल्याउन सकिने काठमाण्डौ विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसिएटिभ्सले जनाएको छ । यसको प्रयोग बढाउन सकेमा पेट्रोलियम पदार्थको आयात घट्ने र व्यापार घाटा पनि कम हुने विश्वास गरिएको छ । हाइड्रोजन ब्रह्माण्डमै सबैभन्दा प्रचुर मात्रामा पाइने रासायनिक तत्त्व हो ।

प्रचुर मात्रामा उपलब्ध भए पनि यो ग्यासकै रुपमा प्रयोग गर्न मिल्ने मात्रामा रहेको भने हुँदैन । यो पानीजस्तै मिश्रणको रुपमा रहेको हुन्छ । औद्योगिक विधिहरु प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्नुपर्छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया