काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गाका पहाडी भेगमा हल्का वर्षा भएको छ ।
आज पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभावले पानी परेको र अझै एक–दुई दिन हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनु भयो ।
यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ । महाशाखाका अनुसार दोलखाको कालिञ्चोक, सोलुुखुम्बुको लुक्ला, ताप्लेजुङलगायतका उच्च पहाडी भेगसँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण देशभर चिसो बढेको छ ।
आज काठमाण्डौ उपत्यकाको तापक्रम न्यूनतम ५ दशमलव ६ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
यस्तै, जुम्ला, जोमसोम, डडेल्धुरा, जिरी लगायत ठाउँको न्यूनतम तापक्रम घटेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ९ डिग्री, जोमसोमको माइनस चार दशमलव छ डिग्री, डडेल्धुराको ३ दशमलव ५, जिरीको न्यूनतम तापक्रम शून्य दशमलव २ डिग्रीमा झरेको छ ।
आज पनि देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन सक्ने मौसमविद् लामिछानेले बताउनु भयो । यस्तै, देशको तराई मधेसका जिल्लामा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।