बाग्मती प्रदेशको लोकसेवा आयोगबाट एकैपटक ११ सय कर्मचारी माग

 माघ ८, २०८० सोमबार ७:१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाग्मती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया