सङ्कल्पयात्रामा सङ्कलन गरेका सुझावसहित एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

 माघ ९, २०८० मंगलबार १३:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सङ्कल्प यात्रामा सङ्कलन गरेको सुझावका आधारमा ७ सय ५१ बुँदे ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले पत्र बुझाएको हो ।

गएको मंसिर १४ देखि पुस १ गतेसम्म गरिएको सङ्कल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको एमालेले जनाएको छ ।

ध्यानाकर्षण पत्रमा  मध्यपहाडी क्षेत्रका समस्यालाई मुख्य रुपमा उठाइएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७ सय ५१ वटा माग तथा सुझाव सरकारलाई दिएको बताउनुभयो । पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया