सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतको अस्वीकार

 माघ ११, २०८० बिहीबार ९:४९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - ६० किलो सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ । उच्च अदालतले पाटनले हिजो बेल्जियमका  नागरिक दावा छिरिङसहित १२ जनाले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको हो ।

दावासहित टासी भन्ने थुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई काठमाण्डौ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश भएको छ ।

थुनामुक्त हुन पाउँ भन्दै निवेदन दिएका ६ जनासँग भने अदालतले धरौटी माग गरेको छ । कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट अदालतले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको छ ।

यस्तै, गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीसँग जनही ५ लाख रुपैयाँ तथा सुदर्शन गौतम र यादव पराजुलीसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया