विद्यालय तहका किताब छपाइको काम तीव्र, यसपालि पनि समयमै पुर्याउने तयारी

 माघ १२, २०८० शुक्रबार ९:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले वैशाखदेखि शुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्याउने तयारी गरेको छ । किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अहिले छपाइको काम धमाधम भइरहेको छ ।

लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले किताब छाप्ने काम चौबिसै घण्टा भैरहेको र छापिएका किताब देशका विभिन्न डिपोमा पठाउने काम पनि शुरु भइसकेको जानकारी दिनुुभयो ।

नियमित रुपमा छाप्ने र छापेर पठाउने काम भइरहेकाले देशका सबैतिर समयमै किताब पुुग्ने उहाँले बताउनुुभयो । उहाँका अनुसार पाँच दिन अघिदेखि केन्द्रले चौबिसै घण्टा किताब छपाइको काम गरिरहेको छ । अहिले दैनिक एक लाख थान किताब छपाइ भइरहेको झाले बताउनुभयो ।

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब एक करोड ७० लाख किताब आवश्यक पर्नेमा अब करिब ६५ लाख थान किताब मात्र छाप्न बाँकी छन् । वैशाखदेखि शैक्षिक सत्र शुरु हुने भएकाले त्यतिबेलासम्म किताब छापेर पठाइ सकिने जनक शिक्षाले जनाएको छ ।  

शिक्षा मन्त्रालयले यस वर्षको किताब छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेको थियो । निजी क्षेत्रका छापाखानालाई समेत छनाेट गर्न पाठ्यक्रम विकास केन्द्रले बोलपत्र आह्वान गरिसकेको छ ।

विद्यालयमा पढाइ शुरु भएको महिनौँ दिनसम्म पनि किताब नपुुग्ने समस्या चालु शैक्षिक सत्रदेखि अन्त्य भएको हो । गएको वैशाखमा भर्ना हुने बेलामै देशभरका धेरै विद्यार्थीले किताब पाएका थिए ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया