नियम उल्लङ्घन गर्ने ६ वटा बैंक तथा वित्तीय संस्था राष्ट्र बैंककाे कारबाहीमा

 माघ १३, २०८० शनिबार १८:३५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नियम उल्लङ्घन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ ।

राष्ट्र बैंकको सुपरिभिजन विभागले वाणिज्य बैंकतर्फ प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंक, विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक तथा फाइनान्सतर्फ रिलाइन्स फाइनाइन्सलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई नियमविपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता नगरेको भन्दै सीईओलाई सचेत गराएको छ ।

यस्तै, प्रभु बैंकले कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, प्रिमियम दर वृद्धि गरी ब्याज असुलउपर गरेकोलगायतका विषयमा सचेत बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, हिमालयन बैंकले पुँजी पर्याप्तता अनुपात गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरि प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाइ तथा जोखिमभारित सम्पत्ति न्यून कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविकभन्दा अधिक रिपोर्टिङ गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ  ।

यस्तै, मुक्तिनाथ विकास बैंकले वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नगरेको र निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लङ्घन गरकाले १० लाख रुपैयाँ नगद जरिबाना गराएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै,  गरिमा बैंकलाई सुशासनको विषयमा सचेत गराइएको तथा रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र व्यक्तिगत खातामा व्यावसायिक कारोबारहरु भएको लगायतका कमजोरी पाइएकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया