पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना

 माघ १७, २०८० बुधबार ९:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज देशका पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्नसक्ने अनुमान छ ।

नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसोदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा भने पानी पर्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । आज तराईका केही ठाउँमा हुस्सु लागेको  भए पनि हिजो अस्तिको भन्दा कम रहेको मौसमविद्ले बताएका छन्। 

अबका तीन दिन विशेष गरी पश्चिमी भेगसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने सम्भावना छ । आज र भोलि तापक्रम घटेर देशभर चिसो बढ्न सक्ने मौसमविद् नगरकोटीले बताउनुभयो ।

पर्सि शुक्रवारदेखि क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने अनुमान छ । आज काठमाण्डौ उपत्यकाको मौसम बदली हुने सम्भावना रहे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया