भुटान : ‘नयाँ सरकारले राजनीतिक बन्दीकाे रिहा गर्नुपर्छ’– ह्युमन राइट्स वाच

 माघ १७, २०८० बुधबार १४:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भुटानी प्रधानमन्त्री छिरिङ ताेब्गे । फाइट फाेटाे

काठमाण्डाै – अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (आरएचडब्ल्यू) ले भुटानको वर्तमान सरकारले राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने बताएको छ ।

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेलाई पत्र लेख्दै आरएचडब्ल्यूले आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिहेका भुटानी नागरिकको आर्थिक र सामाजिक अधिकारलाई समर्थन गर्नुपर्ने र राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने बताएको हो । भर्खरैको चुनावमा तोब्गेको पार्टी 'पिपुल्स डेमोक्रेटिक' ले कुल ४७ मध्ये ३० सिट जितेपछि उहाँ प्रधानमन्त्री बन्नुभएको थियो ।

ह्युमन राइट्स वाचले अनुचित मुद्दाहरू दायर गरेर राजनीतिक अपराधका दोषी ठहराइएका कम्तीमा ३६ जनाको पहिचान गरेको छ । भुटानी कानुनमा र जेल अधिकारीहरूले उनीहरूलाई ‘राजबन्दी’, ‘राष्ट्रविरोधी’ वा ‘राजनीतिक बन्दी’ भनेर उल्लेख गरेका छन् । धेरैले दशकौँदेखि विना 'प्यारोल' आजीवन कारावासको सजाय काटिरहेका छन् र अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन गर्दै उनीहरूलाई पारिवार वा बाहिरी संसारसँग सम्पर्क गर्न नदिइएको आरएचडब्ल्यूले जनाएको छ ।

यी कैदीहरूको मुद्दा सन् २००८ मा भुटानको लोकतन्त्रमा परिवर्तन हुनुभन्दाअघिको रहेको ह्युमन राइट्स वाचकी एसिया निर्देशक इलेन पियरसन बताउनुहुन्छ । ‘यो इतिहासको एक पीडादायी अध्यायको समाप्त गर्ने समय हो । र यी बन्दीहरूलाई परिवारमा फिर्ता गर्ने समय हो’, उहाँले भन्नुभयो ।

पछिल्ला वर्षहरूमा राजनीतिक बन्दीहरूलाई दिने खानाको रासनमा कटौती गरिएको छ । उनीहरू औषधि र कपडा किन्नका लागि आफ्नो खानाको एक हिस्सा प्रहरी र जेलका अधिकारीहरूलाई बेच्न बाध्य रहेका ह्युमन राइट्स वाचले जनाएको छ ।

प्रधानमन्त्री छिरिङ तोब्गेकाे सरकारले राजनीतिक बन्दीहरूलाई रिहा गर्ने र भुटानी नागरिकको हितलाई अघि बढाउने आर्थिक नीतिहरू अघि बढाएर व्यवहारमा लागू गर्ने आरएचडब्ल्यूको विश्वास छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया