'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सिंहदरबारमा रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । याे सम्झौताले पशुपक्षी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्द्धन र कृषि क्षेत्रको दिगो विकासमा योगदान पुग्ने कृषिमन्त्री डा. वेदुराम भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँगको सहकार्यले नेपालको पशुपालन क्षेत्रमा स्थानीय समस्याहरूलाई समाधान गर्न अनुसन्धानात्मक कार्यहरूलाई स्तरीय र अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनाउन फलदायी हुने बताउनुभयो ।
अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानले नेपालमा पहिलादेखि नै भैँसीको दूध मूल्य शृङ्खला, पशुधन लगानी योजना, क्षमता विकास र लम्की स्किन रोग नियन्त्रणसम्बन्धी काम गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।