अब हप्तामा तीन दिन संसद् बैठक र तीन दिन संसदीय समितिका बैठक हुने

 माघ २०, २०८० शनिबार ९:३५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दलहरुले संघीय संसदको हिउँदे अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने सहमति गरेका छन् । संसदले जनजीविकाको सवाल र विधेयकमा ध्यान नदिएको भन्दै जनस्तरमा आलोचना बढेपछि दलहरुले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सहमति गरेका हुन् ।

अब हप्तामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका तयार भएको छ । पहिलो चरणमा पर्सि २२ गतेदेखि १५ दिनसम्मका लागि कार्यान्वयन हुने गरी कार्यतालिका तयार भएको एमालेका सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुन दिन संसद् बैठक बस्छ भन्ने पहिल्यै जानकारी हुने भएकाले अब सांसदलाई समय व्यवस्थापन गर्न सहज हुनेछ । यस बीचमा सरकारले कस्ता विधेयक पेस गर्ने पूर्व निर्धारण गर्नेगरी सहयोग गर्नुपर्ने विषयमा छलफल भएको पनि उहाँले जानकारी दिनुुभयो ।

संघीय संसद्को हिउँदे अधिवेशनलाई व्यवस्थित बनाउने विषयमा हिजो सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच हिजो छलफल भएको हो । संघीय संसद्को हिउँदे अधिवेशन पर्सि सोमवारदेखि शुरु हुँदैछ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया