सामसुङका प्रमुख जे–योङलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ

 माघ २३, २०८० मंगलबार १२:२५:१६ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई विवादास्पद कम्पनी एकीकरणको शेयरसँग सम्बन्धित मुद्दामा सफाइ दिएको छ ।

सन् २०१५ मा निर्माण तथा इञ्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच एकीकरण भएको थियो । सियोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतले एकीकरण अर्थात् मर्जरको माध्यमबाट शेयरधनीलाई हानि पुर्याउने मनसाय नदेखिएको ठहर गरेको योनहाप समाचार एजेन्सीले जनाएको छ।

मर्जरमा शेयर मूल्यमा धाँधली, विश्वासघात र लेखासम्बन्धी भ्रष्टाचारलगायत विभिन्न आरोपमा मुद्दा दायर भएको थियो । फैसलाले एकीकरणका क्रममा कम्पनीहरूको शेयर विभाजन वैध थियो भन्ने ठहर गरेको छ ।

जालसाजी र अनियमितताको मुद्दामा जेल सजाय भुक्तान गरिसकेका ली सामसुङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्ष हुनुहुन्छ । अदालतले विवेकपूर्ण निर्णय गरेको लीका वकिलले आदेशपछि निकालेको संक्षिप्त वक्तव्यमा उल्लेख छ । मुद्दाबारे पहिलो पटक सुनुवाइ शुरु भएको झण्डै तीन वर्षपछि फैसला आएको हो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया