युद्धविरामका लागि लडाकु समूह हमासले राखेको सर्त नमान्ने

 माघ २५, २०८० बिहिबार ११:२६:५८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामका लागि लडाकु समूह हमासले राखेका सर्त अस्वीकार गर्नुभएको छ ।

प्रधानमन्त्री नेतान्याहुले एक महिनाभित्रै गाजामा पूर्ण विजय हासिल गर्ने भएकाले हमासको प्रस्तावित युद्धविराम स्वीकार नगर्ने बताउनु भएको हो । युद्धविराम प्रस्तावको जवाफमा हमासले शृङ्खलाबद्ध माग राखेपछि इजरायल लचिलो नहुने भएको बीबीसीले जनाएको छ ।

नेतान्याहुले हमासका सर्तहरू अनौठा र न्यायसंगत नभएको टिप्पणी गर्नुभएको छ । उहाँले गाजामा अन्तिम विजय हासिल गर्नु बाहेक अर्को समाधान नरहेको बताउनुभएको खबरमा उल्लेख छ  । इजिप्ट र कतारको मध्यस्थतामा नयाँ चरणको वार्ता आज कायरोमा हुने सम्भावना थियो । तर दुवै पक्ष युद्धविरामका लागि लचिलो नदेखिएको भन्दै इजिप्टले सबै पक्षलाई विना सर्त शान्ति सम्झौतामा पुग्न लचिलो हुन आह्वान गरेको छ।

यसअघि इजरायल–गाजा युद्धविराम योजनाबारे हमासले सकारात्मक प्रतिक्रिया दिएर गाजाको पुनर्निर्माण, त्यहाँका बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता गर्ने र विस्थापितहरुको लागि भएका प्रावधानहरुमा केही संशोधन गरेर घाइतेको आवश्यक उपचार गर्नु पर्ने सर्त राखेको थियो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया