फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलियो

 माघ २७, २०८० शनिबार १७:४७:९ | एजेन्सी
unn.prixa.net

फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलिएको छ । अहिले फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशका किसानहरूले ठूलाठूला प्रदर्शन गरेका छन् ।

युरोपेली युनियनभन्दा बाहिरका देशहरूबाट भइरहेको सस्तो आयातको विरूद्धमा उनीहरुले प्रदर्शन गरेका हुन् । इटलीमा अस्ति शुक्रवार ट्र्याक्टरसहितका हजारौँ किसानले रोममा प्रदर्शन गरेका थिए । केही घण्टापछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले वार्षिक १० हजार ८ सय अमेरिकी डलरसम्मको व्यक्तिगत आयकर छुट दिने घोषणा गर्नुभएको छ ।

यस्तै, पोल्यान्डमा आन्दोलनमा रहेका किसानले युक्रेनसँगको सीमा नाका बन्द गरेका छन्, युक्रेनबाट आयात हुने सस्तो खाद्यान्न र तरकारीले आफूहरुको उत्पादन नबिकेको भन्दै विरोध भएको छ । पोल्यान्डका किसानले ३० दिने आन्दोलनको घोषणा गरेका छन् ।

यस्तै, स्पेनका किसानले पनि अत्यधिक कर र वातावरणीय नियमको विरोध गर्दै देशभरका धेरै सडक, राजमार्ग र बन्दरगाहहरू अवरुद्ध गर्दै आएका छन्  । उनीहरुले ट्र्याक्टरहरूसहित मड्रिड घेराउ गर्ने चेतावनी दिएका छन् ।

यस्तै, बुल्गेरियाका किसानहरुको विरोधले हिजो रोमानियासँगको नाका अवरुद्ध भएको थियो । किसानहरूले कम उत्पादन मूल्य, बढ्दो लागत, सस्तो आयात र जलवायु परिवर्तन विरुद्ध ईयूको नीतिहरूसँग सम्बन्धित प्रतिबन्धहरूको विरोधमा युरोपभरि प्रदर्शनहरू गरेका छन् । युरोपेली युनियनले वातावरण संरक्षणको लागि भन्दै तरकारी र खाद्यान्न बालीमा विभिन्न विषादी र कृषि प्रविधिमा रोक लगाएको छ। 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया