सुनकाे भाउ आज यथावत, चाँदीकाे भाउ दश रुपैयाँले बढ्याे

 फागुन ३, २०८० बिहिबार १२:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज घटबढ भएको छैन । 

आज सुनको भाउ हिजो जस्तै तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ १२ सय रुपैयाँले बढेको थियो । 

आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया