भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलाेचक मानिएका एलेक्सी नभाल्नीकाे जेलमा आज निधन भएकाे कारागार प्रशासनले जनाएकाे छ ।
४७ वर्षीय प्रतिपक्षी नेता नभाल्नीलाई केही समययता ठाउँसारी गरेर आर्क्टिक सर्कल जेलमा राखिएको थियो । केहीबेर हिँडेपछि बिरामी भएका नभाल्नी अचेत भएका र तत्कालै आपत्कालीन सेवालाई खबर गरे पनि बचाउन नसकेकाे बीबीसीले जनाएकाे छ । नभाल्नीकाे मृत्युकाे कारण पहिचान गर्ने प्रयास भइरहेकाे खबरमा उल्लेख छ ।
नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो । कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका थिए ।
सन् २०२० मा नभाल्नीलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उहाँ बिरामी पर्नुभएकाे थियाे । त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ पर्नुभएका उहाँ त्यसयता जेलमै हुनुहुन्थ्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।