बारामा ट्रक र जीप ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 फागुन ९, २०८० बुधबार १५:१७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बारामा ट्रक र जीप ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अरु चार जना घाइते भएका छन् । हेटौंडाबाट पथलैया तर्फ गुडिरहेको  जीप र पथलैयाबाट हेटौंडा तर्फ गुडिरहेको ट्रक जितपुर–सिमरा १ आधाबार जङ्गलखण्डमा ठोक्किएका हुन् । दुर्घटनामा जीपमा रहेका नुवाकोट जिल्ला बिदुर नगरपालिका ९ का सुजन मगराती र भारत मोतिहारीका चन्दन चौहानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  

यसैबीच दाङको घोराहीमा दुर्घटनापछि सडकमा लडेका दुई जनालाई जीपले ठक्कर दिँदा ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको बिहान ज्यान गएको हो । शुरूमा साइकलमा सवार व्यक्तिलाई जोगाउन खोज्दा मोटरसाइकलमा रहेका दुई जना सडकमा लडेका र उनीहरूलाई जीपले ठक्कर दिएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।   

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया