सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क खोप...
बैशाख १३, २०८२ शनिबार
काठमाण्डौ – काभ्रेपलाञ्चोकको बनेपामा भएको बृहत् कृषि महोत्सवमा छ करोड बराबरको कारोबार भएको छ । मूल आयोजक एवम् जिल्ला समन्वय समितिको समन्वयमा यही फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालित महोत्सवमा छ करोड बराबरको कारोबार भएको हो । महोत्सव एक लाख ५० हजारले अवलोकन गरेका थिए ।
जिल्लामा उत्पादित कृषिबाली तथा पशुजन्य उपजको प्रर्दशनी, बजारीकरण तथा कृषकको आर्थिक अवस्थामा सुधार ल्याउन महोत्सव आयोजना गरिएको हो ।
जिल्ला समन्वय समितिद्वारा जारी विज्ञप्तिमा कृषिजन्य उपजहरुको बिक्री बापत दुई करोड रुपैयाँ, यन्त्र, औजार, उपकरणबाट दुई करोड, होटल व्यवसाय तथा रैथाने परिकारबाट एक करोड ५० लाख र अन्य सहयोगी क्षेत्र र गैरकृषितर्फ ५० लाख रुपैयाँको कारोबार भएको जनाइएको छ ।
महोत्सवमा कृषि प्रविधि, रैथाने बाली, खाद्यान्न, बीउ, ताजा तरकारी, दुग्धजन्य उत्पादन, लप्सी–क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपज, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घीउ, कोल्ड च्याम्बर प्रविधिलगायत सामग्रीका एक सय ५३ प्रदर्शनी कक्ष राखिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।