लघुवित्त पीडितहरुको बालुवाटारमा प्रदर्शन

 फागुन ९, २०८० बुधबार १८:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका विभिन्न जिल्लाबाट काठमाण्डौ आएका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । सात दिनसम्म हिँडेर काठमाण्डौ आएका पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाण्डौ केन्द्रित आन्दोलन शुरु गरेको बताउँदै आएका छन् ।

यसअघि सम्झौता अनुसार सरकारले समिति बनाएर पनि काम नगरेकोले पुनः सरकारलाई झक्झकाउन काठमाण्डौ आउनुपरेको उनीहरुको भनाइ छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ ।

लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उहाँले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गर्ने आश्वासन दिनुभएको हो । विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा सहकारी र लघुवित्तले राम्रो काम गर्दै आएको हो । तर पछिल्लो समय समस्यामा फस्दै गएको भन्दै उहाँले परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी दुवैलाई ख्याल गरेर समस्या समाधान गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया