एमाले बैठकमा कार्यशैली सुधार्न र जनसरोकारका मुद्दा उठाउन नेतृत्वलाई सुझाव

 फागुन १०, २०८० बिहीबार ९:१३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले कार्यशैली सुधार्दै जनसरोकारका मुद्दा उठाउन पार्टीलाई सुुझाव दिएका छन् ।

नेताहरुले पार्टी सुदृढीकरणका लागि नेता तथा कार्यकर्ताको जीवनशैली सुधार हुनुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने तथा समाजमा बढ्दो निराशा र सामाजिक अराजकतालगायत जनसरोकारका विषयलाई एमालेले सम्बोधन गर्न पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

छलफलमा पार्टीमा आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विषयलाई नियमित बनाइनुपर्नेजस्ता पार्टी सङ्गठन निर्माणमा महत्त्व राख्न सहभागीले सुझाव दिएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा शुद्धीकरण र सुदृढीकरण, जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती, सङ्गठन र जनपरिचालन सम्बन्धीलगायत प्रस्तावमा समूहगत छलफल हिजो सकिएको छ । समूहगत छलफलको सार आजको बैठकमा पेस हुने एमाले प्रचार विभागले जनाएको छ ।

अस्ति मङ्गलवारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पेस गर्नुभएको पार्टी ‘शुद्धीकरण र सुदृढीकरण’ सम्बन्धी प्रस्तावमा पार्टीको काम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेकाले नागरिकमा विश्वास जाग्न नसकेको उल्लेख  छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया