वर्षाले उडान प्रभावित, भोलिदेखि मौसममा सुधार हुने

 फागुन १०, २०८० बिहीबार १८:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज देशभरकै मौसम बदली भएर केही ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका केही ठाउँमा सामान्य असिना पनि परेको छ । त्यस्तै गण्डकी प्रदेशको गोरखा तथा कास्कीमा मेघगर्जनसहित हल्का वर्षा भएको छ । बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सूदुरपश्चिमका हिमाली क्षेत्रमा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरु ठाउँमा पनि छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ । देशको पूर्वी भागमा आज राति हल्का वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार भोलिदेखि देशको पश्चिम क्षेत्रबाट मौसम क्रमिक रुपमा सुधार हुदै जानेछ ।

चिसो बढेकाले स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । मौसम प्रतिकूल हुँदा आज दिउँसो काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरु पनि प्रभावित भएका छन् । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आन्तरिक उडानतर्फ भने सामान्य अवरोध छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया