कांग्रेसको महासमिति बैठकबाट चार वटा प्रस्ताव पारित : गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव

 फागुन १०, २०८० बिहिबार १८:२९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका चार वटा प्रस्ताव पारित भएका छन् । ललितपुरको गोदावरीमा भएको महासमिति बैठकले प्रस्तावलाई सर्वसम्मत् रुपमा नै पारित गरेको हो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखासमिति संयोजक श्याम घिमिरेले पार्टीको आर्थिक प्रस्ताव पेस गर्नुभएको थियो । 

महासमिति बैठकमा गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव आएको छ । महामन्त्री थापाले गठबन्धन विरोधी साङ्गठनिक प्रस्ताव पेस गरे पनि हलमा चार समूहमा छलफल हुँदा सबै समूहले गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव दिएका हुन् ।

बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान तथा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी हस्ताक्षर सङकलन गरिएको छ ।  बैठक आजै समापन भएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया