कालीगण्डकी करिडोरमा सुक्खा पहिरो : पहिरो हटाउन एक हप्ता लाग्न सक्ने

 फागुन १२, २०८० शनिबार १२:९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी खण्डमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको छ । बाग्लुङ र गुल्मीको सिमानामा पर्ने बाग्लुङको जैमिनी नगरपालिका–८ मा गएराति सुक्खा पहिरो खसेको हो । पहिरोपछि बाग्लुङ–गृल्मी खण्ड अन्तर्गत मालढुङ्गा–अर्वेनी सडक बन्द भएको छ।

बाग्लुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भैरहेको छ । काम चलिरहेकै बेला पहिरो खसेपछि काम नै रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिनुभयो।

यो पहिरो हटाउन कम्तीमा एक हप्ता लाग्न सक्ने इञ्जिनियर गुरुङको भनाइ छ । यसबारेमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई पनि जानकारी गराइ सकेको उहाँले बताउनुभयो । सडक बन्द भएपछि लामो तथा छोटो दुरीका गाडी चल्न सकेका छैनन् । सदरमुकाम बाग्लुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने गाडी र यात्रु समस्यामा परेका छन् ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया