पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी – भीरबाट लडेर एक युवकको ज्यान गएकाे छ । एक युवक घाइते भएका छन् । ज्यान जानेमा सिगास गाउँपालिका ५ का १९ वर्षीय बिरे चुनारा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।
मंगलबार राति सिगास गाउँपालिका ३ मा रहेको भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका युवाहरुले जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली पुगेको थियो । प्रहरीको टोली पुगेपछि भागाभाग हुँदा चुनारा भीरबाट खसेका थिए । उनको भीरबाट खसेर घटनास्थलमै ज्यान गएको थियो । त्यस्तै, भाग्ने क्रममा सिगास ५ का ३४ वर्षीय पते दमाई घाइते भएको प्रहरीले जनाएको छ ।
घटनास्थल क्षेत्रमा जिल्लाबाट अहिले प्रहरी टोली खटाइएको भए पनि टेलिफोन सम्पर्क हुन नसक्दा घटनाको पूर्ण विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भूमिराज मन्दिरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरासमेत दर्शन गर्न जानुभएकाले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।