प्रहरीले सिंहदरबार र संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न रोक लगायाे

 फागुन १५, २०८० मंगलबार १५:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रहरीले सिंहदरबार र सङ्घीय संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न रोक लगाएको छ ।

हिजो लघुवित्तका ऋणीहरूको समूह नयाँ बानेश्वरको संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले आज बिहानैदेखि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा सर्वसाधरणलाई हिँड्न रोक लगाएको हो । सिंहदरबारको पर्खालसँगैको फुटपाथ र सङ्घीय संसद् भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

प्रहरी परिचालन गरेर त्यहाँ सर्वसाधारणलाई हिँड्न रोकिएको छ । फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया