कुलेखानी–फाखेल सडक खुल्यो, सतुङ्गल हुँदै कुलेखानी जोड्ने सडक बन्द

 फागुन १६, २०८० बुधबार ९:४३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कुलेखानी–फाखेल सडक खण्ड आजदेखि खुलेको छ । स्तरोन्नतिका लागि गएको पुस १६ गतेदेखि यो सडक खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड बाग्मती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्ने छोटो मार्ग हो ।

यसैबीच, मकवानपुर भएर काठमाण्डौ जोड्ने अर्को छोटो दुरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडकखण्ड हिजोदेखि  एक हप्ताका लागि बन्द गरिएको छ । यो सडक खण्डमा रोलर ग्रेडर सहितको सबवेस राख्ने काम भैरहेकाले एक हप्ताका लागि गाडी सञ्चालनमा रोक लगाइएको इन्द्रसरोवर गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया