प्रधानमन्त्री हुनकै लागि नयाँ सत्ता समीकरण बनाएको होइन : ओली

 फागुन ३०, २०८० बुधबार १४:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताउनुभएको छ ।

आज बुधवार प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आफू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १५/१५ महिनाका लागि बाँडफाँट गरेको समाचार आएकोमा आपत्ति जनाउँदै आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नरहेको बताउनुभएको हो । देश र नागरिकका लागि केही गराैँ भनेर आफूहरूले नयाँ सत्ता समीकरण बनाएकाे उहाँले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री हुनकै लागि हामीले नयाँ सत्ता समीकरण बनाएकाे होइन । मलाई प्रधानमन्त्रीको इच्छा पनि छैन । यो देशमा केही गरौँ भनेर नयाँ सत्ता समीकरण बनाएकाे हाे ।’

ओलीले देशमा केही गरौँ भनेर आफूले नेपाली कांग्रेससँग पनि पटक–पटक प्रस्ताव गरेको उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया