अमेरिकी स्टिल कम्पनी जापानको निप्पोनलाई बिक्री गर्ने प्रस्तावको पक्षमा छैन : बाइडेन

 चैत २, २०८० शुक्रबार १८:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको स्टिल कम्पनी जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको पक्षमा आफू नरहेको बताउनुभएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसमा स्वागत गर्नुभन्दा एक महिना अगाडि राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमति रहेको बताउनुभएको हो । अमेरिकी स्टिल कम्पनी पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा छ ।

राष्ट्रपति बाइडेनले अमेरिकी स्टिल कम्पनीहरूलाई जोगाउनुपर्ने र यसमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ । यो कम्पनीले एक शताब्दीभन्दा लामो समयदेखि काम गर्दै आएको र यो अमेरिकाका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

जापानी सरकारका प्रवक्ता योशिमासा हयाशीले टोकियोलाई बाइडेनको बयानबारे जानकारी भए पनि व्यक्तिगत कम्पनीको व्यवस्थापनको विषयमा टिप्पणी गर्न अस्वीकार गर्नुभएको छ ।

निप्पोन स्टिल र यूएस स्टिलले एक संयुक्त वक्तव्य निकालेर आफूहरूको साझेदारीले जापान र अमेरिकाबीचको सम्बन्धलाई प्रतिबिम्वित गरेको जनाएका समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया