नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य पुनः शुरु

 चैत ७, २०८० बुधबार १६:१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – स्थानीयवासीले गरेको अवरोध हटेपछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य पुनः शुरु भएको छ । स्थानीयवासीले विभिन्न माग राखेर आन्दोलन गर्दा एक महिनादेखि निर्माण कार्य ठप्प भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा अस्ति सोमवार मन्त्रालयमा भएको सहमतिपछि हिजोदेखि काम शुरु गरेको आयोजनाले जनाएको छ । आयोजनाले गएको फागुन २३ गते मुख्य सुरुङ छिचोल्ने साइत निकालेकोमा स्थानीयवासीले फागुन ६ गतेदेखि नै निर्माण कार्य रोकिदिएका थिए ।

चन्द्रागिरि नगरपालिका–२ का स्थानीयवासीले उठाउँदै आएको मुख्य माग खानेपानी, सिँचाइको व्यवस्था गरिदिने, आयोजना निर्माणपछि सुरुङमार्ग सञ्चालनमा स्थानीय पीडितलाई योग्यता र क्षमताका आधारमा रोजगारमा प्राथमिकता दिने लगायत विषयमा सहमति भएको छ । अब १४ मिटर खनेपछि मुख्य सुरुङ छिचोल्ने भएकोले केही दिनमा 'ब्रेक थ्रु' को काम सकिने आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया