सुन तस्करी प्रकरणमा पक्राउ परेका महरासँग सीआईबीले लियो बयान

 चैत ८, २०८० बिहिबार १८:१८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गएको सोमवार पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बयान लिएको छ । महरा बयानका लागि दिउँसो नर्भिक अस्पतालबाट सीआईबी कार्यालय लैनचौर पुगेका थिए ।

सुन तस्करी प्रकरणमा पक्राउ परेपछि जिल्ला अदालत काठमाण्डौले महरालाई चार दिन हिरासतमा राख्न र उपचारको व्यवस्था गर्न आदेश दिएको थियो । महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

गएको साउन २ गते स्कुटरकाे 'ब्रेक शु' मा लुकाएर ल्याएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याएको नाै किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको छ । यस प्रकरणमा महराका छोरा राहुल गएको भदौ १३ गते नै पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया