देशभर मौसम बदली, केही ठाउँमा आज पनि पानी पर्ने सम्भावना

 चैत १३, २०८० मंगलबार ९:४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज बाग्मती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, कोशी, मधेश प्रदेशका केही ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । बागमती, कोशी र मधेश प्रदेशका धेरै ठाउँमा गएराति पनि पानी परेको थियो । मधेशको सिरहा र सुनसरी जिल्लामा ५० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा भने गएको २४ घण्टामा १ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

हिजोकोभन्दा आज मौसम सुधार हुने अनुमान रहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

यसैबीच कोशी र बागमती प्रदेशका उच्च भू–भागका केही ठाउँमा आज हल्का हिमपातको सम्भावना छ । आज राति देशभर आंशिक बदली हुने महाशाखाको अनुमान छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया