तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – वैदेशिक रोजगार विभागले लाइसेन्स नलिई विदेश पठाउने दलाललाई कारवाही गर्ने बताएको छ । विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले लाइसेन्स लिएर काम गरिरहेका एजेण्टको नाम विभागको वेभसाइडमा प्रकाशित गर्ने र अवैधानिक रुपमा काम गरिरहेकाहरुलाई कारवाही गर्ने बताउनुभएको हो ।
सुरक्षित आप्रवासन परियोजना सामीले काठमाडौंमा गरेको कार्यक्रममा महानिर्देशक आचार्यले एजेण्टलाई व्यवस्थित समय लागिरहेपनि अब विदेश जानेहरुले अवैधानिक रुपमा काम गरिरहेकाहरुबाट ठगिने कुराको अन्त्य हुने बताउनुभयो । सरकार र विभागले वैदेशिक रोजागारीलाई सुरक्षित र व्यवस्थित गर्ने प्रयास गरिरहेपनि समय लागेको भन्दै उहाँले अब व्यस्थित हुने समय आएको बताउनुभयो ।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन अहिले १९ जिल्लामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेपनि तिनै जिल्लाबाट पनि समस्या आउने क्रम नरोकिएको भन्दै आचार्यले सूचना जनचेतनाको पाटोलाई अझै प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
यस्तै वैदेशिक रोजगार बोर्डका निर्देशक मोहन अधिकारीले वैदेशिक रोजगारीलाई सुरक्षि बनाउन विभाग, बोर्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले सुधारका लागि ऐन संशोधनको काम भइरहेको पनि बताउनुभयो ।
कामदारको हितका लागि सरकारले लागु गरेको फ्रि भिसा फ्रि टिकटको वैदेशिक रोजगार व्यवसायीले सुरुदेखि नै विरोध गरिरहेकाले समस्या भएको बताएका निर्देशक अधिकारीले त्यसलाई छिट्टै समाधान गरिने पनि बताउनुभयो ।
ठगिएका कामदारलाई एजेण्टले रसिदमा उल्लेख गरेको १० हजार रुपैयाँ मात्रै दिलाउने गरेका चर्चाका बिच उहाँले पीडितलाई उसले एजेण्ट र म्यानपावरलाई दिएको सबै पैसा फिर्ता गराउन अहिले बोर्डमा न्यायिक समिति नै रहेकाले पहिलाको जस्तो अवस्था नरहेको बताउनुभयो ।
बोर्डले दिने सेवा बिकेन्द्रिकरण गर्ने काम भइरहेको भन्दै उहाँले मृतक, घाइते लगायतलाई क्षतिपूर्ति पनि स्थानीय तहबाटै दिलाउने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।