तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – वैदेशिक रोजगारबाट फर्किएका कामदारको स्थानीय तहले सीपको प्रमाणिकरण गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगारबाट फर्किएका कामदारको पुनः एकिकरणका विषयमा गरिएको कार्यक्रममा विदेशबाट फर्किएका कामदारलाई फेरि विदेश जान नदिन स्थानीय तहले नै सीपको प्रमाणिकरण गरेर स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन् ।
विदेशबाट फर्किएका कामदारलाई फेरि विदेश जान नदिन र विदेशमा रहेका युवालाई देश फर्काउन कामको सम्मानको वातावरण हुनुपर्ने, आर्थिक शसक्तिकरणमा जोड दिनपर्ने, जानु अघिनै सचेतना कार्यक्रम गर्नुपर्र्ने लगायतका कुरामा सरोकारवालाले जोड दिएका छन् ।
सिएमआइआरमा आवद्ध बसन्त घिमिरेले सम्बन्धित देशमा नै स्वदेशमा भएका रोजगारीका अवसर र सम्भावनाको बारेमा जानकारी गराइनु पर्ने सुझाव दिनुभयो ।
मलेसियामा आठ वर्ष कृषि क्षेत्रमा काम गरेर फर्किएका ताप्लेजुङका दिलकुमार लिम्बुले स्वदेश फर्किएर विदेशमा सिकेको सीपको सदुपयोग गर्ने वातावरण नभएको बताउनुभयो ।
लगानी गर्न पैसाको अभाव, लगानी गरे पनि बजारको व्यवस्थान नहुनु र विभिन्न प्रविधिक समस्याका भएको भन्दै दिलबहादुरले विदेशमा सिकेको सीप देशमा सदुपयोग गर्न गाह्रो भएको गुनासो गर्नुभयो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सूचना अधिकारी कविता घिमिरेले विदेशबाट फर्किएका कामदारको तथ्याङ्क संकलन र व्यवस्थापन गर्ने बताउनुभयो ।
विदेशबाट फर्किएका युवाको सीप प्रमाणीकरण गरेर १० लाख रुपैयाँसम्म ऋण दिने भनेर आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि घोषणा गरिएको छ ।
रत्न कुमार लामा
June 29, 2018, 6:26 p.m.म बिदेस मा बिगत लामो समय देखी फास्ट फूट र कफि सप मा काम गर्दै आएको हु,अब बिदेस नजाने निर्णय गरी नेपाल मा एस छेत्र मै केहि गर्न चाहन्छु,सरकार बाट के कस्तो सहयोग पाउन सकिन्छ होला ?