तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिब रजाक पक्राउ परेका छन् । मंगलबार मलेसियाको समय अनुसार ३ बजेतिर रजाकलाई उनकै निवासबाट पक्राउ गरिएको हो ।
मलेसियन एन्टी करप्सन कमिसनले उनी पक्राउ परेको पुष्टि गरेको मलेसियाको स्थानीय अनलाइन द स्टारले जनाएको छ । अहिले उनलाई करप्सन कमिसनको केन्द्रीय कार्यालय लगिएको छ । उनलाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन । तर बुधबार अदालतमा आरोपको बारेमा बताइने छ ।
स्थानीय समाय अनुसार बिहान ८ः३० बजे अदालतमा नाजिबलाई के के आरोप लागाइने भन्ने टुङ्गो लाग्ने छ । प्रधानमन्त्री महाथिर मोहम्मदले नाजिबको कम्पनी वान मलेसिया डेभलपमेन्ट र मंगोलियाका एक मोडलको हत्याको विषयमा बलियो प्रमाणहरु खोजिरहेको बताएका छन् ।