तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
नवलपरासी – नवलपरासीबाट रोजगारीका क्रममा विभिन्न गएका ८३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा तीन जना महिला छन् । सुरक्षित आप्रवासन परियोजना सामीले पछिल्लो चार वर्षमा ८३ जनाको ज्यान गएको जानकारी दिएको हो । यो अवधिमा ५१ जना जेल परेका छन् ।
पाँच वर्षदेखि वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आईरहेको हिकोडेफद्वारा सञ्चालित सामी परियोजनाले सूचना केन्द्रमा दर्ता भएका उजुरीका आधारमा तयार पारेको तथ्याङ्क पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
कावासोतीमा रहेको सूचना केन्द्रमा आएका उजुरीका बाहेक पनि थाहा नभएका मृत्युका घटना हुन सक्ने परियोजनाले जनाएको छ । मृत्यु भएकामध्ये ८१ जनाको शव नेपाल आएको ल्याइएको छ भने दुई जनाको शव ल्याउन बाँकी छ ।
एक वर्षमा ५१ जना जेलमा परेका छन् । जसमा चार जना महिला र ४७ जना पु्रुष छन् । ४५ जनाको समस्या समाधान भएको र ६ जनाको प्रकृयामा रहेको सामी परियोजना संयोजक उमा शर्माले जानकारी दिनुभयो ।
शर्माले साउदी अरबमा जेल परेका नवलपरासी मध्यविन्दुका थानेश्वर भुषाललाई नेपाल फर्काउन सफल हुनु यो वर्षको ठूलो उपलब्धी भएको समेत बताउनुभयो । साउदीमा दुर्घटनाको मुद्दामा दोषी नहुँदा पनि साढे चार वर्ष जेल साजाय भोग्न बाध्य भएका भुषाललाई परियोजना अन्तरगत आप्रवासी कामदार हकहित मञ्चको पहल र काठमाडौंमा रहेको प्रवासी नेपाली समन्वय समितिको सहयोगमा नेपाल तथा विदेशमा अभियान चलाई ४५ लाख रुपैयाँ ब्लडमनि संकलन गरेर घर फर्काइएको थियो ।
सामी परियोजनाले सार्वजनिक गरेको तथ्याङ्ग अनुसार नवलपरासीबाट वैदेशिक रोजगारीमा गएका दुर्घटनामा परेका, घाइते भएका, विरामी परेका ८४ वटा मुद्दा दर्ता भएकोमा ७१ वटा समाधान भएको छ ।
यस्तै ७७ जना बेपत्ता भएकोमा ३८ जना फेला परेका छन भने २९ जना अझै बेपत्ता छन । ६ सय २६ वटा ठगीको मुद्धा दर्ता भएकोमा परियोजनाले ४ सय ३० जनालाई क्षतिपूर्ति बापतको एक करोण १० लाख ९३ हजार १ सय ४२ रुपैयाँ उपलब्ध गराएको छ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।