इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
पाल्पा – कुबेत पुगेको ४५ दिनमै ज्यान गुमाएका पाल्पाका याम बहादुर गाहाको परिवारलाई माथागढी गाँउपालिकाले नि:शुल्क बिमा र छोराको पढाइमा सहयोग गर्ने भएको छ ।
माथागढी ५ हात्तीलुङका ३५ वर्षीय गाहाको यही साउन १५ गते कम्पनीमा काम गरिरहेको बेला मरुभूमिको ढिस्कोले पुरिएर ज्यान गएको स्थानीयले जनाएका छन् ।
याम बहादुरकी श्रीमती पार्बती, ३ वर्षीय छोरा निरजसँगै आफन्तलाई बिहीबार भेटेर गाँउपालिकाका अध्यक्ष सन्तोश थापाले परिवारलाई एक लाख बराबरको नि:शुल्क स्वास्थ्य बिमा र छोरालाई स्नातक तह सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने बताउनुभएको हो ।
उहाँका साला (श्रीमतीका भाइ) रमन थापाका अनुसार याम बहादुरको शवलाई काठमाण्डौ पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । बौद्ध परम्परा अनुसार ७ दिने काजकिरिया बुधबार सम्पन्न भएको छ ।
आर्थिक अवस्था निकै कमजोर रहेका यम बहादुरको परिवारलाई स्थानीय सरकारको तर्फबाट गर्न सकिने अन्य सहयोगका बारेमा पनि छलफल भइहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।