आन्दाेलनले सर्वसाधारणलाई सास्ती
बैशाख ७, २०८२ आइतबार
जुम्ला – हिमा गाउँपालिकाका छ वटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । जुम्लाको सिञ्जा क्षेत्रमा रहेको हिमा गाउँपालिकाको वडा–७ बालविवाह मुक्त वडा घोषणा भएपछि हिमा गाउँपालिकाका छ वटा वडा बालविवाह मुक्त घोषणा भएका हुन् ।
हिमा गाउँपालिकाका अनुसार छ बाहेक अरू वडा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बालविवाहबाट हुने जोखिम र असरलाई न्यूनिकरण गर्न आधारभूत सूचक पूरा गरेर बालविवाह मुक्त गाउँपालिका घोषणा अभियान थालिएको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार बाँकी एउटा वडालाई चाँडै बालविवाहमुक्त घोषणा गर्ने तयारी छ । जुम्लाको हिमा गाउँपालिकाका छ वटा वडासहित अरू पालिका सिँजा, कनकासुन्दरी, पातारासी, तिला र गुठिचौरका गरी १४ वटा वडा बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।
हिमा गाउँपालिकाले ‘बिहेवारी २० वर्ष पारि, हामी सबैको ऐक्यबद्धता, बाल बिवाह मुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता’ भन्ने नाराका साथ पछिल्लो पटक वडा ७ लाई बालविवाह मुक्त वडा घोषणा गरेको हो । नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार गैरसरकारी संस्थाहरुको सहयोग र समन्वयमा पालिकाले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।