मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

 असोज १४, २०७६ मंगलबार १०:३२:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।  

मंगलबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १० पैसा र बिक्रीदर ११३ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा रहेकोको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा रहेको छ । हिजो सोमबार खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा थियो । 

मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर २९३ रुपैयाँ २५ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको थियो ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा बिक्रीदर २७ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर २६ रुपैयाँ ८९ पैसा बिक्रीदर २७ रुपैयाँ ०३ पैसा रहेको थियो । 
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७१ पैसा रहेको छ । हिजो खरिददर ३७० रुपैयाँ २७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५रुपैयाँ रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३ सय र बिक्रीदर ३ सय १ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय २७ पैसा रहेको थियो ।

तपाईको प्रतिक्रिया