दशैंसँगै विदेशी मुद्राको भाउ पनि उकालो लाग्यो

 असोज १५, २०७६ बुधबार १०:३५:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – दशैं सुरु भएसँगै सबै विदेशी मुद्राको भाउ पनि उकालो लागेको छ । 

बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १० पैसा र बिक्रीदर ११३ रुपैयाँ ७० पैसा रहेकोको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा थियो । 

बुधबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ १७ पैसा रहेको छ । हिजो खरिददर २९३ रुपैयाँ २५ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा रहेको थियो ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा बिक्रीदर २७ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ०१ पैसा बिक्रीदर २७ रुपैयाँ १६ पैसा रहेको थियो । 
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा पुगेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३८ पैसा रहेको छ । हिजो खरिददर ३७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७१ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर ३ सय र बिक्रीदर ३ सय १ रुपैयाँ ५९ पैसा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया