इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – नेपाल बैंकर संघले बैंक र कार्यरत कर्मचारी सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रतिबद्धता जनाएको छ ।
बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सहितकोे पदाधिकारी टोलीबीच भएको छलफलमा संघले सबै बैंक र कार्यरत कर्मचारी सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिबद्धता जनाएको हो ।
मन्त्री विष्टले कोषमा सबै बैंक तथा बित्तीय क्षेत्र समयसीमा भित्रै सहभागी हुने अपेक्षा गरेको पनि बताउनुभयो ।
सामजिक सुरक्षा योजना नौलो कार्यक्रम भएकाले बुझाइमा अस्पष्टता भएको भन्दै मन्त्री विष्टले यस्तो अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न सरकार सधैँ तयार भएको पनि बताउनुभयो ।
सरकारले कोषमा सूचीकृत हुन मंसिर १३ गतेसम्मको समय दिएको छ ।