कतारबाट घर फर्कनेले अब निःशुल्क र कम शुल्कमा पीसीआर परीक्षण गर्न सक्ने

 भदौ १८, २०७७ बिहिबार १९:४६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारबाट घर फर्कनेले अब निःशुल्क र कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सक्ने भएका छन् ।

कतारमा रहेको नेपाली दूतावासका अनुसार घर फर्कनका लागि तोकिएका नीजि अस्पतालसँगै अब निश्चित सरकारी अस्पतालमा निःशुल्क र एकदमै कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सकिने भएको हो ।

यी स्थानमा गर्न सकिन्छ निःशुल्क र कम शुल्कमा परीक्षणः

वर्कर हेल्थ केयर सेन्टर

फेरिज अब्देल अजिज हेल्थ केयर सेन्टर

मुईथेर हेल्थ केयर सेन्टर

रावादत अल खाली हेल्थ केयर सेन्टर

उम सलाल हेल्थ केयर सेन्टर

घराफत अल रयान हेल्थ केयर सेन्टर

सरकारले पीसीआर परीक्षण गरेर नेपाल आउने यात्रुले काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न नपर्ने भनेको छ ।

यदि पीसीआर परीक्षण नगरी आएमा काठमाण्डौमा नै सात दिन होटल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्छ । कतारमा पीसीआर परीक्षण सहज हुँदा सरकारले नियमित उडान नै गर्ने भनेको छ ।

भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशबाट सरकारले नियमित उडान सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया