नयाँ व्यवसाय गर्न चाहनेलाई निःशुल्क तालिम र सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्मको लगानी गरिने

 मंसिर २५, २०७७ बिहिबार ११:३९:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – नयाँ सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्द्धन प्रस्ताव आह्वान गरिएको छ ।

सरकार, वित्तीय संस्था र नीजि क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान गरेका हुन् ।

आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाले नवीनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल)को वेबसाइट www.startupideacall.org मार्फत प्रस्ताव पेश गर्न सक्नेछन् । उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने जनाइएको छ ।

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर अलमल भएका युवालाई सहजीकरण गर्नका लागि यो कार्यक्रम ल्याइएको हो । युवाहरुले माघ महिनासम्ममा आइडियासहितको आफ्नो प्रस्तावना पठाउन सक्ने र फागुन, चैत महिनामा तालिम दिएर सहुलियतपूर्ण कर्जा दिइने आयोजकले जनाएका छन् ।

नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो 'स्टार्टअप आइडिया कल' उपयोगी हुने विश्वास लिइएको छ । काठमाण्डौमा बुधवार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताउनुभयो । नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा वाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गर्नुभयो ।

नवप्रवर्द्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताउनुभयो ।

11 Comments

  • बिनोद गौतम

    Dec. 13, 2020, 6:53 p.m.

    ihave idea to the resturant &hotel that hotel and resturant is diffrent type in nepali resturant we can cook service is also diffrent its resturant is all items avival alredy we are start small but biggest thinking

  • Birbahadur Lama

    Dec. 13, 2020, 11:50 a.m.

    मलाई पनि आफ्नै होटल र कृषि व्यवसाय गर्न मन छ थोरै अनुभव पनि छ तालिम को जरुरी पनि छ आफ्नै कृषि फार्म बाट उत्पादित तरकारी,मासु माछा लगायत सबै आफ्नै होटलमा प्रयोगमा ल्याइने मैले यो सम्भव देखेको छु। मेरो बिना लगानी मा यो कसरी पूरा हुन सकिन्छ?

  • Prem kumar tamang

    Dec. 13, 2020, 11:46 a.m.

    I want to fund from my project

  • Dinesh Dulal

    Dec. 13, 2020, 6:27 a.m.

    म पनि केही नयाँ काम गर्ने योजना मा छु।मलाई पनि लगानी र काम काे पूर्ण जानकारी लिने गरी ट्रेन निङ को विषय मा सोची राको छु।

  • NAVRAJ PANERU

    Dec. 12, 2020, 5:46 p.m.

    महोदया, कार्यक्रमको जानकारीको लागि धन्यवाद / यस्ता किसिमका साना व्यापार , व्यवसाय वाग्मती प्रदेशमा गर्नको लागि लामो समयदेखि प्रतीक्षारत थिएँ , तर पनि उचित लगानी, आवश्यक तालीम, उचित व्यवसाय छनौट आदिको समस्याले गर्दा बाधा अडचन थियो, तर अब भने सुनौलो किरण झुल्कने आशा गरेको छु मैले , कृपया प्रक्रियामा सहयोग गर्नु हुन विनम्र सादर अनुरोध गर्दछु / धन्यवाद नवराज पनेरु (घर गोर्खा , हाल केही गर्न काठमाण्डौ) सम्पर्क न +977-9817161795, 9845840955 ...

  • Dinesh Thapa

    Dec. 12, 2020, 3:42 p.m.

    Thanks for giving this opportunity! My business plan is Hotel and restaurants businesses is better because We can give training and job like cook waiters. House keeping lots of think we can tech them. Afte they can make on business .

  • Ramhari Majhi

    Dec. 12, 2020, 10:11 a.m.

    I want to add in this program.

  • Kiran Kumar Stha

    Dec. 11, 2020, 1:19 p.m.

    This program is vary nice

  • Purna KumarRai

    Dec. 11, 2020, 9:28 a.m.

    I want add this program

  • माधव ज्ञवाली

    Dec. 10, 2020, 3:59 p.m.

    उपयुक्त बिचार

  • Anil Marpa Tamang

    Dec. 10, 2020, 1:47 p.m.

    यो कार्यक्रम वास्तवमा युवाहरूलाई उद्यमशीलताको लागि स्वागत योग्य छ।देशमा रोजगारको सिर्जना भै आर्थिक बिकास हुनका साथै यसबाट बिदेश पलायन भै रहेको श्रम जनशक्तिको रोकथाममा महत्त्वपूर्ण भुमिका खेल्न सक्छ।

तपाईको प्रतिक्रिया