रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भु...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – तपाईँ भिजिट भिसामा गएर यूएईम काम गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् । भिजिट भिसामा गएर आवश्यक प्रक्रिया पूरा गरी काम गर्न थालेमा त्यहाँबाट ‘डिपोर्ट’ पनि हुन सक्नुहुन्छ ।
भिजिट भिसामा गएर काम गर्दा त्यहाँ काम थाल्नु अघि कागजात मिलाउन जरुरी हुन्छ । किनभने काम गर्ने अनुमति(लेबर परमिट) बिनै यूएईमा काम गर्नु भनेको त्यहाँको श्रम कानुनको उल्लङ्घन गर्नु हो ।
वर्क परमिट नलिई काम गरेमा तीन महिनाको जेल सजाय र १० हजार यूएई दिर्हामसम्म जरिवाना हुन सक्छ । यसका साथै त्यहाँको अदालतले देश निकालाको फैसला पनि गर्न सक्ने छ ।
यूएईको निजी क्षेत्रमा काम गर्नेहरूले त्यहाँ मानव संसाधन मन्त्रालयबाट वर्क परमिट लिन सक्छन् । पछिल्लो समय नेपालबाट यूएई भिजिट भिसामा जाने र त्यहाँ गएपछि अलपत्र पर्ने क्रम बढेको छ ।
नेपालीहरूलाई यूएईमा अलपत्र पार्ने क्रम बढेपछि नेपाल सरकारलेसमेत कडाइ गर्दै भिजिट भिसाको कारण समस्यामा पर्नेहरूको समस्या सुन्ने र कारबाही गर्ने गरी मार्सल टोलीसमेत गठन गरेको छ ।