गुजरातले घाइते फिलिप्सको ठाउँमा शनाकालाई अनुबन्ध गर्‍याे

 वैशाख ५, २०८२ शुक्रबार १५:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एजेन्सी

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली गुजरात टाइटन्सले यस सिजनको बाँकी खेलमा घाइते भएका ग्लेन फिलिप्सको ठाउँमा दसुन शनाकालाई अनुबन्ध गरेको छ ।

शनाकाले यसअघि गुजरातबाट खेलिसकेका छन् र यस सिजनमा टोलीले उनलाई ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । शनाकाले अहिलेसम्म आईपीएलको एक सिजन मात्र खेलेका छन्, जसमा उनले तीन खेलमा २६ रन बनाएका छन् । यद्यपि उनले बलिङ गर्ने मौका पाएका छैनन् ।

सनराइजर्स हैदराबादसँगको खेलमा फिल्डिङ गर्ने क्रममा कम्मरमा चोट लागेका फिलिप्स प्रतियोगिताबाट बाहिरिएर घर फर्किएका छन् । यस्तै गुजरातका अर्का खेलाडी कागिसो रबाडा पनि व्यक्तिगत कारणले अप्रिल ३ मा घर फर्किएका छन् । रबाडा कहिले फर्किन्छन् भन्ने थाहा भएको छैन ।

गुजरात ६ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया